About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १९ साउन
मोरङको उर्लाबारी मंगलबारेस्थित सालबारी एकता क्लवको आयोजनामा जारी सालबारी भेट्रान च्यालेन्ज कपको सेमिफाइनल समिकरण पुरा भएको छ । आज भएको खेलमा मंगलबारे भेट्रान टिम र थापाडाँगी भेट्रान टिमले जित हासिल गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।
आज भएको पहिलो खेलमा मंगलबारे भेट्रानले सुनझोडा भेट्रान टिमलाई ३–२ गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । जितका लागि मंगलबारेको तर्फबाट पेनान्टी मार्फत पहिलो गोल विजयी माझीले गरेका थिए । टिमका लागि माझीले नै थप एक गोल गरेका थिए । मंगलबारेका लागि तेस्रो गोल लेखबहादुर धिमालले गरेका थिए । आज भएको पहिलो खेलको म्यान अफ दि म्याच विजय माझी घोषित भए । सुनझोडालागि ज्ञानबहादुर धिमाल र सन्तोष राईले गोल गरेका थिए ।
आजको दोस्रो खेलमा थापाडाँगी भेट्रान टिम विजयी भएको छ । थापाडाँगीले मंगलबारेको बोर्डिङ शिक्षक टिमलाई २–० गोल अन्तरले पाखा लगाउँदै सेमिफाइनल प्रवेश गरेको हो । थापाडाँगीलाई जित दिलाउने क्रममा दुवै गोल महेश लिम्वूले गरेका थिए । खेलको म्यान अफ दि म्याच थापाडाँगीका युवराज मास्के बने ।
प्रतियोगिता अन्तर्गत भोलिको पहिलो सेमिफाइनल खेल थापाचौक व्यापारी टिम र मंगलबारे भेट्रान टिम तथा दोस्रो सेमिफाइनल थापाडाँगी भेट्रान र मदन भण्डारी शिक्षक टिमका बिचमा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजयी टिमले नगद १२ र उपविजेतले नगद ९ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने सालबारी एकता क्लवका अध्यक्ष विजय माझीले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय