About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, १९ साउन
भोलिदेखि मतदाता नामावली संकलन स्थगित हुने भएको छ । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर ४ मा गर्ने घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित हुने भएको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित हुने बताएका छन् । हाल जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालयमा फोटोसहितको मतदाता नामावली संकलन भइरहेको छ । चुनाव घोषणा भएपछि मतदाता नामावली संकलन स्थगित गर्ने प्रचलन अनुसार शुक्रबारदेखि मतदाता नामवली संकलन कार्य स्थगित हुने भएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय