About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १८ साउन
मोरङको उर्लाबारी मंगलबारेस्थित सालबारी एकता क्लबको आयोजनामा जारी सालबारी भेट्रान च्यालेन्ज कपको उद्घाटन खेलमा थापाचौक व्यापारी टिम र मदन भण्डारी शिक्षक टिम विजयी भएको छ ।
बुधबार भएको उद्घाटन खेलमा थापाचौक व्यापारी टिमले चन्दने टिमलाई १–० गोल अन्तरले पराजित गरेको हो । थापाचौकलाई जित दिलाउने क्रममा दोस्रो हाफको अन्तिम समयमा सगुन राईले गोल गरेका थिए । उनै राई खेलको म्यान अफ दि म्याच घोषित भए ।
आजको दोस्रो खेलमा मंगलबारे व्यापारी टिमलाई मदन भण्डारी शिक्षक टिमले पराजित ग¥यो । मदन भण्डारीका लागि खेलको दोस्रो हाफमा अर्जुन श्रेष्ठ र प्रशान्त कार्कीले गोल गर्दै आफ्नो टिमलाई २–० को जित दिलाए । यो खेलको म्यान अफ दि म्याच मदन भण्डारीका अमनराज माझी बने ।
प्रतियोगितामा उर्लाबारी मंगलबारेका ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजयी टिमले नगद १२ र उपविजेतले नगद ९ हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने सालबारी एकता क्लवका अध्यक्ष विजयी माझीले बताए । प्रतियोगिता अन्तर्गत भोलिको पहिलो खेल मंगलबारे भेट्रान टिम र सुनझोडा भेट्रान टिम तथा दोस्रो खेल मंगलबारे बोर्डिङ शिक्षक टिम र थापाडाँगी भेट्रान टिमका बिच हुने क्लबका सचिव सुजितसिंह राजपुतले बताए । प्रतियोगिताको फाइनल खेल आउँदो शनिबार सम्पन्न हुने भएको छ । खेल उर्लाबारीको सालबारी रंगशालामा भइरहेको छ ।
उद्घाटन खेलका प्रमुख अतिथि उर्लाबारी वडा नम्बर–३ का वडाध्यक्ष भीष्मराज बुढाथोकीले वडाको तर्फबाट खेलकुदको विकासका लागि सहयोग गर्नुका साथै फुटवल किड्सहरु उपलव्ध गराउने बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय