About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, १८ साउन
आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु सहमत भएका छन् । सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबार बालुवाटारमा बसेको बैठकमा प्रदेश र प्रतिनिधि सभा चुनावबारे छलफल भएको थियो ।
मंसिर ४ मा चुनाव गर्ने सहमति भएको बैठकमा सहभागी एक नेताले बताए । अब भोलि बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने उनले बताए । निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएपनि प्रधानमन्त्री शेरबहादुर देउवा ४ मंसिरमा गर्ने तयारीमा छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय