About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी,सप्तकोशी नदीले पश्चिम तटवन्ध फुटाएर मुल भंगालोनै वस्तिमा पसेपछि प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थान तर्फ सार्ने क्रम जारी छ । वाढीले १० हजार वढि प्रभावित भएका छन । बाढीले उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको तटवन्ध फुटाएर वस्ति तर्फ पसेको हो । जोखिममा परेका उदयपुरको बेलका नगरपालिकाका वडा नम्बर १, २, ८ र ९ का बासिन्दा सुरक्षित ठाउँमा सारिदै छ । वेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्कीका अनुसार बेलुका सम्ममा २३ सय परिवारलाई सुरक्षित स्थानमा सारिने छ । नेपाली सेना,शशस्त्र प्रहरी,जनपथ प्रहरी,जनप्रतिनिधि र स्थानीयवासी उद्धारमा खटेका छन । बिहान टयाक्टर मार्फत ७सय वढिलाई सुरक्षित स्थानमा सारिएको थियो । पानी वढदै गएपछि सुरक्षाकर्मीले वोट मार्फत सुरक्षित स्थानमा सारिरहेका छन । विद्यालय,सामुदायिक भवन,सामुदायिक बन,रेडक्रम भवन र खाली ठाँउहरुमा टेण्ट टाँगेर राख्ने योजना रहेको नगरप्रमुख कार्कीले जानकारी दिनुभयो । आज बिहान ४ बजेदेखि नदीले कटान गर्न तिव्र वनाएको हो । उदयपुरको बेलका नगरपालिका– ८ को लाहुरे खोचमा सप्तकोसी नदी फुटेपछि सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, बोची, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोशी टप्पु आरक्षका ४ हजार वढि घर परिवार उच्च जोखिममा परेका हुन ।

 

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय