About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ३ साउन
उर्लाबारीमा भेट्रान व्याडमिन्टन क्लब गठन भएको छ । उर्लाबारी–७ का व्यवसायी राजेन्द्र भण्डारी (रमेश) को अध्यक्षतामा समिति गठन भएको हो । समितिको उपाध्यक्षमा प्रेम लिम्बू, सचिवमा दुर्गाप्रसाद पौडेल, सहसचिवमा मुना कटुवाल र कोषाध्यक्षमा डम्बर लिम्बू चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा लोलिम पोमू लिम्बू, नरबहादुर तामाङ, सीता भण्डारी, रीता तामाङ र मेघराज बस्नेत रहेका छन् । समितिको प्रमुख सल्लाहकारमा उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागो, सल्लाहकारहरुमा वडा नं. ७ का वडाध्यक्ष वीरबल थापा, समाजसेवीहरु तारामान सेरेङ लिम्बू, डिल्लीकुमार पोमू लिम्बू, महेन्द्र श्रेष्ठ, प्रेम लुङफुङ्वा लिम्बू, विजय कपाली, सूर्य खड्का र दिलबहादुर श्रेष्ठ रहेकाछन् ।
क्लबले आफ्नै लगानीमा उर्लाबारी–७ मा कवर्ड हल निर्माण गरेको छ । ७ लाखभन्दा बढी रुपैयाँ लगानी गरेर कवर्ड हल निर्माण गरिएको समितिका सदस्य लोलिम पोमू लिम्बूले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय