About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १८ साउन
करिब ३० वर्षअघि उर्लाबारीमा स्थापना भएको सप्तकोशी बोर्डिङ स्कुल गुणस्तरीय शिक्षाका कारण अभिभावकको रोजाइमा पर्दै आएको छ । सुविधा सम्पन्न भवन, दक्ष अनुभवी शिक्षक शिक्षिका, शान्त शैक्षिक वातावरणले सप्तकोशीको सान र मान बढेको हो ।
यो विद्यालयमा वि.सं. २०६६ सालदेखि वाणिज्य संकायमा कक्षा ११ र १२ को पठनपाठन हुँदै आएको छ भने २०७६ देखि विज्ञान संकायको पढाइ भइरहेको छ । सप्तकोशीले वर्षेनि उत्कृष्ट नतिजा ल्याउँदा यो विद्यालय पूर्वोत्तर मोरङको शैक्षिक गन्तव्य बन्न पुगेको छ । सुपथ शुल्कमा गुणस्तरीय पठनपाठन सप्तकोशीको विशेषता हो । विज्ञान प्रयोगशाला, यातायातको व्यवस्था, शान्त शैक्षिक वातावरण, छात्रवृत्तिको व्यवस्था रहेको स्कुलका संस्थापक÷प्रिन्सिपल लेखनाथ भट्टराई बताउँछन् ।
पूर्वी मोरङकै उत्कृष्ट निजी विद्यालयको रुपमा आफूलाई स्थापित भएको उक्त विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुँदै आएको छ । कक्षा ११ र १२ को विहानी सत्रमा पढाइ हुने गरेको छ । यहाँ अध्ययन गरेका विद्यार्थी देशविदेशमा विभिन्न क्षेत्रमा अब्बल दरिएका छन् ।
सप्तकोशीले गुणस्तरीय एवम् ब्यावहारिक शिक्षामा जोड दिँदै आएका कारण पनि विद्यार्थी र अभिभावकको मन जित्न सफल बनेको हो । सबैको रचनात्मक समन्वय, सहकार्य, दृढ इच्छाशक्ति, संकल्प, पारदर्शिता, जवाफदेहिता र समर्पणबाट प्राप्त अपेक्षित उपलब्धि प्रतिको जनजनको सन्तुष्टि नै गुणस्तरीय शिक्षा हुने विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष मिश्र वैजयन्ती बताउँछिन् । सप्तकोशीले कम्प्युटर, विज्ञान प्रयोगशाला, पुस्तकालय, क्यान्टिन, स्कुल बस, विद्यालय परामर्श सेवा, अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण, हाईकिङ, विद्यार्थी परामर्श सेवा, अतिरिक्त कक्षा, जीवन सीप कक्षाहरु सञ्चालन गर्दै आएको उनको भनाई छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय