About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १६ साउन
विपन्नताका कारण अत्यन्तै जीर्ण घरमा बस्दै आएकी उर्लाबारी–२ की सीता तोलाङ्गी सार्कीको घर निर्माणमा स्थानीय जुटेका छन् । उर्लाबारी–२ पुरानो मंगलबारे बजारमा बस्दै आएकी सीताको घर अत्यन्तै जीर्ण र असुरक्षित भएको हुँदा सुरक्षित बसोबासका स्थानीय संगठित भएर उनको घर निर्माणमा लागि परेका हुन् ।
स्थानीय इन्द्रबहादुर दाहालको संयोजकत्वमा नरमाया थपलिया उपाध्यक्ष, अर्जुन बास्तोला सचिव र सीता बुढाथोकी डाँगी, कमला गौतम, रुद्रबहादुर कार्की, गोपाल खरेल सदस्य रहेको घर निर्माण सहयोग समिति गठन गरी घर निर्माणको काम थालेका छन् । समितिले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट सहयोग संकलन गर्दै आएको संयोजक इन्द्रबहादुर दाहालले बताए ।
हालसम्म करिब ५० हजार रुपैयाँ संकलन भएको र उक्त रकमले घर निर्माणको काम सुरु गरिएको उनले बताए । सीता तोलाङ्गीको घर निर्माणमा सहयोग गर्न आग्रह गर्दै उनले भने, ‘दिनदुःखी, बेसहरा, घरवारविहीनको सुरक्षित आवासका लागि यहाँहरुको सानो सहयोग र सहभागिताले ठूलो कर्म बन्नेछ ।’ उनले तोलाङ्गी बस्दै आएको घर अत्यन्तै जीर्ण र असुरक्षित भएकोले सुरक्षित बसोबासको लागि घर निर्माण गर्नका निमित्त देश विदेशमा रहने सहयोगी मनहरुप्रति अपील गरेका छन् ।
यसैबीच, सीता तोलाङ्गीको घर निर्माणका लागि उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले ५१ हजार रुपैयाँ दिने घोषणा गरेका छन् । आज घर निर्माण स्थलको अनुगमन गर्दै उनले विपन्नको घर निर्माणमा सहयोग गर्नु आफ्नो कर्तव्य ठानी व्यक्तिगत रुपमा उक्त रकम सहयोग गर्ने बताएका हुन् । घर निर्माण समितिका संयोजक दाहालका अनुसार दुई कोठे घर बनाउन तीन लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय