About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १५ साउन
जीवन विकास लघुवित्त वित्तीय संस्था उर्लाबारी शाखाले उर्लाबारी–२ डुम्रेस्थित एक विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ । ‘जसको कोही छैन, त्यसको जीवन विकास संस्था छ’ भन्ने मूल नारा लिएको संस्थाले विपन्नलाई सहयोग गरेको हो ।
हरियाली बाल क्लब उर्लाबारी–२ का अध्यक्ष सक्षम भण्डारी र सचिव विशाल भण्डारीको पहलमा वित्तीय संस्थाका हरि शाह र रुद्र कट्वालले उक्त सामग्री आज प्रदान गरेका हुन् । आफूहरुको अनुरोधलाई स्वीकार गरेर विपन्नलाई खाद्यान्न सहयोग गरेको भन्दै हरियाली बाल क्लबका सचिव विशाल भण्डारीले जीवन विकास लघुवित्त संस्थालाई धन्यवाद ज्ञापन गरे ।

हरियाली बाल क्लब पछिल्लो समय सामाजिक काममा पनि सक्रिय हुँदै गएको छ । गाउँका कतिपय समस्या समाधानमा जनप्रतिनिधिको मात्र मुख नताकी गाउँमै एक अर्का मिलेर समाधान गर्न सकिन्छ भन्ने उद्देश्यका साथ विभिन्न सामाजिक कार्य गर्दै आएको अध्यक्ष सक्षम भण्डारीले बताए । बाल क्लबकै पहलमा पैसा तिरेर ट्युसन पढ्न नसक्ने २३ जना विपन्न विद्यार्थीलाई निःशुल्क ट्युसन पढाइदै आएको सचिव विशाल भण्डारीले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय