About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

छ रेक्टर स्केलको भूकम्पले खोटाङको साकेला गाँउपालिकामा भौतिक संरचनामा क्षति पुर्याएको छ । भूकम्पको इपिसेन्टर रहेको खोटाङको साकेला गाँउपालिका वडा नम्वर ५ मात्तिकबिर्ताका वडाध्यक्ष जीवन खत्रिका अनुसार वडाका १६ वटा घरहरु भत्किएका छन । ति मध्ये धेरै जसो बस्नै नहुने गरि भत्किएका छन । मानवीय र पशुचौपायाको क्षति भने भएको छैन । गाँउपालिका अध्यक्ष गाँउपालिकाका अध्यक्ष रविशंकर राईका अनुसार गाँउपालिकामा भएको क्षतिको विवरण संकलन भईरहेको छ । पानी परिरहेकाले बिबरण संकलनमा ढिलाई भइरहेको उहाँले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय खोटांगका प्रमुख प्रहरी नायव उपरीक्षक उमेश लम्सालले भने जिल्लामा वस्नै नहुने गरि घर भत्किएको जानकारी नआएको बताउनुभयो । खोटांगमा पराकम्प भने गइरहेको छ । खोटांगका विद्यालयहरु बन्द गरिएका छन । भोजपुरमा एउटा घर भत्किएको छ । भोजपुर टक्सारस्थित मान्छे बस्न छाडेको पूरानो घर भत्किएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको साकेला गाउँपालिका–५, मात्तिम विर्ता केन्द्रविन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो । २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प पछाडिको यो हालसम्मकै शक्तिशाली भूकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय