About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १३ साउन  स्वास्थ्य संस्थाहरुमा अनलाइन रिर्पोटिङ व्यवस्थापनका लागि डिएचआईएस टु तथा ईएलएमआईएस तालिम सम्पन्न भएको छ । उर्लाबारी नगरपालिका मातहत र निजी क्षेत्रका स्वास्थ्य संस्थाका गरी ३५ जना स्वास्थ्यकर्मीहरुलाई तालिममा सहभागी गराइएको नगरपालिकाका स्वास्थ्य शाखाका अधिकृत रेनुकाप्रसाद काफ्ले जनाउनुभयो । स्वास्थ्य संस्था तथा अस्पतालले गर्ने रिर्पोटिङहरु अनलाइन पद्दतिबाट डिजिटल गर्नुपर्ने तालिमको मुख्य ध्येय भएको काफ्लेको भनाई छ । अनलाइन माध्यमलाई प्रभावकारी बनाउन सहयोग पुगोस् भन्ने हेतुले तालिममा सहभागिता रहेको उर्लाबारीस्थित स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य केन्द्र, शहरी स्वास्थ्य केन्द्र र गाउँघर क्लिनिकलाई एक–एक थान ल्यापटप तथा प्रिन्टरपनि उपलब्ध गराइएको थियो । तालिममा नगरपालिका मातहतका अलवा उर्लाबारीका गोदावरी, अरनिको र पञ्चावती हस्पिटल तथा जय माता पोलिक्लिनिकका स्वास्थ्यकर्मीको सहभागिता थियो । नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना र स्वास्थ्य निर्देशनालय प्रदेश नं. १ धनकुटाको प्राविधिक सहयोग रहेको तालिम साउन १० बाट शुरु भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय