
उर्लाबारी, १२ साउन
हिजो सार्वजनिक भएको एसईईको नतिजामा प्रदेश १ कै सर्वोत्कृष्ट भएको उर्लाबारी–७ स्थित पशुपति आमाविले दाबी गरेको छ । पशुपति आमाविका आदर्श भट्टराईले जिपिए ४ ल्याएका छन् । प्रदेश १ मा ४ जिपिए ल्याउने आदर्श मात्र भएको विद्यालयले दाबी गरेको छ ।
पशुपतिकै स्नेहा राईले जिपिए ३.९५ प्राप्त गरेको विद्यालयका प्रवन्ध निर्देशक आनन्द कार्कीले बताए । पशुपतिबाट एसईई दिएका अन्य विद्यार्थीको पनि उत्कृष्ट नतिजा आएको कार्कीले बताए ।
यस प्रकारको नतिजा प्राप्त गर्न अनवरत खट्ने विद्यार्थी, शिक्षक, अभिभावकलाई प्रवन्ध निर्देशक कार्कीले धन्यवाद दिएका छन् । विगतमा पनि उत्कृष्ट नतिजा हासिल गर्दै आएको पशुपतिको सान र मानलाई अझ उचो राख्न आफूहरु तल्लीन रहेको उनले बताए ।