About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, १२ साउन
नेपालमा आज एकैदिन ७१० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार २५ नमुना परीक्षण गर्दा ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जसमध्ये २ हजार ५४१ जनाको पीसीआर परीक्षण गर्दा ५२४ जना र २ हजार ४८४ जनाको एन्टिजेन परीक्षण गर्दा १८६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । आज कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय