About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ११ साउन
व्यवसायिक रुपमा फूल खेती गर्ने समूह र व्यक्तिलाई उर्लाबारी नगरपालिकाले सयपत्री फूलको बिरुवा बितरण गरेको छ । सयपत्री फूल रोप्ने र हुर्काउने बेलालाई मध्यनजर राख्दै बिरुवा बितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख अम्बिकाप्रसाद लुइटेलले बताए ।
उनका अनुसार ६ वटा सहकारी समूह र व्यक्तिगत ९ जनालाई गरी १७ हजार उन्नत जातको कलकत्ते सयपत्री फूलका बिरुवा उपलब्ध गराइएको हो । सयपत्रीको माग विषेशगरी दशैँ र तिहारमा बढी हुने गरेको जनाउँदै लुइटेलले भने, ‘उर्लाबारीमा पछिल्ला वर्ष फूलखेतीमा आकर्षण बढेको छ । हावापानी र मौसम पनि राम्रो छ । सयपत्री फूलका लागि यो ठाउँ उपयुक्त छ ।’
फूलका विरुवासँगै किसानहरुलाई आवश्यकता अनुसारको ढुसी नाशक विषादी र मल्चिङ (विषेश प्रकारको प्लाष्टिक) पनि प्रदान गरिएको थियो । एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेल र उपमेयर मीना खतिवडा पौडेलले बिरुवा लगायतका सामग्री किसानलाई वितरण गरे । आफूले पर्वलाई लक्षित गरेर विभिन्न चरणमा फूलखेती गर्दै गरेको उर्लाबारी–५ का कृषक कृष्णप्रसाद अधिकारी बताउँछन् । गत साल उनले सयपत्री फूलका बिरुवा किनेर ल्याएर खेती गरेका थिए । यसपटक नगरपालिकाले निःशुल्क बिरुवा उपलब्ध गराएको भन्दै अधिकारीले खुसी व्यक्त गरे ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय