
काठमाडौं, १० साउन
परीक्षा नियन्त्रण कार्यालयले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । साउन पहिलो साता नै नतिजा सार्वजनिक गर्ने बताइएपनि केही दिन पर सरेको हो ।
परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले भनेका छन्, ‘सकभर त्रुटि कम होस् भन्ने चाहेका छौँ । त्यसमा व्यस्त भएकाले साउन ११ गतेमात्र नतिजा सार्वजनिक गर्ने भएका हौँ ।’ कोभिड–१९ को दोस्रो लहरका कारण पठनपाठन समयमा सञ्चालन हुन नसक्दा गत वर्षको एसईई गएको वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको थियो ।
परीक्षा नियन्त्रक रायमाझीले नतिजा सार्वजनिक भएको एक महिनाभित्र ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिने जानकारी दिए । नतिजा प्रकाशित भएपछि वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने कार्यालय सानोठिमीले बताएको छ ।
रिजल्ट प्रकाशित भएपछि यसरी हेर्न सकिन्छः