About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १० साउन
मौरीपालक कृषकलाई उर्लाबारी नगरपालिकाले मौरीका लागि कृत्रिम आहारा उपलब्ध गराएको छ । नगरपालिका हातामा मौरीपालक कृषकहरुलाई नगर प्रमुख गंगाप्रसाद खरेलले कृत्रिम आहारा वितरण गरेका हुन् । उनले मौरीपालनमा थप व्यवसायिक बन्न र उत्पादन बढाउन कृषकहरुलाई आग्रह गरे ।
नगरपालिकाको ५० प्रतिशन अनुदानमा चिनी र सातुलगायतका कृत्रिम आहारा वितरण गरिएको नगरको कृषि शाखा प्रमुख अम्बिकाप्रसाद लुइटेलले जानकारी दिए । उर्लाबारीका ८१ जना व्यवसायिक मौरीपालक कृषकका लागि पाँच हजार ३ सय केजी स्वदेशी उत्पादनको चिनी र पाँच सय ८० केजी सातु प्रदान गरिएको हो । कृषि शाखा प्रमुख लुइटेलका अनुसार वर्षायाम मौरीका लागि आपतकालीन समय हो । पराग र पुष्प रसको अभावमा जीवन नै संकटमा पर्ने भएकाले मौरीपालक कृषकलाई भरथेग गर्नका लागि कृत्रिम आहारा उपलब्ध गराइएको हो । सेरेना जातको मौरीको व्यवसायिक पालन नभएको र मेलिफेरा जातको मौरीलाई आधुनिक घारमै पाल्ने भएकोले कृत्रिम आहारा सेचन गराउन सहज हुने पनि लुइटेलको भनाई छ ।
रस पाइने प्रकारका फूल फुल्ने, बाली लगाउने क्रम घटेकाले पनि मौरीपालक किसानले मौरी चरनका लागि सास्ती भोग्नुपरिरहेको मौरीपालक महासंघ मोरङका अध्यक्ष बोधराज खतिवडा बताउँछन् । उर्लाबारी नगरपालिकाले मौरीपालक कृषकको मर्का बुझेर कार्यक्रम ल्याएकोमा खतिवडाले खुसी प्रकट गरे ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय