
काठमाडौं, ५ साउन
आज देशभरमा ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ६६७ पीसीआर परीक्षणमा ३१७ जना र एक हजार ९०२ एन्टिजेन परीक्षणमा ११८ जना गरी ४३५ जनामा संक्रमण पुष्टि भएको हो ।
आज ५६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या दुई हजार ५३७ रहेको मन्त्रालयले जनाएको छ ।