About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ५ साउन
गत आर्थिक वर्ष २०७८÷०७९ मा प्रदेश नं. १ मा ८ हजार ५५ मुद्दा दर्ता भएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार विभिन्न अपराध सम्बन्धीका मुद्दा दर्ता भएका हुन् । उक्त आवमा प्रहरीले विभिन्न शीर्षकमा ३९ करोड २१ लाखभन्दा बढी राजश्व संकलन गरेको छ ।
समाजमा हुने अपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थको अबैध दोहन, अबैध काठ चोरी निकासी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भएर उल्लेख्य मात्रामा सफलता हासिल भएको कार्यालयले जनाएको छ । उक्त आर्थिक वर्षमा ८ हजार ५५ वटा बिभिन्न अपराध सम्बन्धी शीर्षकमा मुद्धा दर्ता भई कानुनी कारवाही भएको र ३ हजार १ सय ७७ वटा मुद्दा फर्छौट गरिसकेको जनाइएको छ ।
फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहेका १ हजार ७ सय ३८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी ८ करोड ७ लाख ४७ हजार ६ सय ७५ रुपैयाँ राजश्व संकलन गरेको कार्यालयले जनाएको छ । यसैगरी अवैध भन्सार चोरी निकासी गर्ने ७३ जनालाई पक्राउ गरी ११ करोड ७४ लाख ४६ हजार ९२९ रुपैयाँ राजश्व संकलन गरेको छ भने नदीजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने ३७ जना र ६४५ वटा नदीजन्य पदार्थ उत्खनन् तथा ओसारपसार गर्ने सवारी साधनलाई पक्राउ गरी ३३ लाख ३१ हजार ५ सय राजश्व संकलन भएको छ ।
यस्तै, काठ चोरी निकासीमा संलग्न ४७ जना पक्राउ गर्नुका साथै ४ हजार ६ सय ४८ क्यूफिट काठ बरामद गरी १ करोड ४ लाख ३३ हजार ५ सय ३७ रुपैया राजश्व संकलन गरेको छ । ट्राफिक ब्यबस्थापनतर्फ उक्त आर्थिक वर्षमा ट्राफिक नियम उलंघन गर्ने २ लाख ६९ हजार ८ सय २३ वटा सवारी साधनहरुलाई कारवाही गरी १८ करोड १ लाख ५९ हजार राजश्व संकलन भएको छ भने लागूऔषध नियन्त्रणतर्फ गाँजा २ हजार २१ किलोग्राम ९०२ ग्राम, चरेश २३ ग्राम ९१७ मिलिग्राम, ब्राउन सुगर २ किलोग्राम ४५ मिलिग्राम, बिभिन्न मनोद्धिपक क्याप्सलु ३१ हजार ९ सय ७०, मनोद्धिपक एम्पुल १० हजार २ सय ६५ र मनोद्धिपक औषधीहरु ७ सय ६९ क्याप्सुल बरामद गरिएको र ४ हजार ८ सय २१ रोपनी क्षेत्रफलमा लगाएको ८ लाख १२ हजार ५ सय १५ बोट गाँजा नष्ट गरिएको कार्यालयले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय