About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, ४ साउन
सामुदायिक विद्यालयमा कक्षा ५ सम्म सञ्चालन हुँदै आएको दिवा खाजा कार्यक्रम कक्षा ६ मा पनि सञ्चालन हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र योजना तथा अनुगमन शाखाले साउनदेखि कक्षा ६ सम्मका विद्यार्थीको लागि दिवा खाजा कार्यक्रम लागू गर्न सबै स्थानीय तहलाई पत्राचार गरेको छ ।
बालविकास कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि सञ्चालन हुँदै आएको दिवा खाजा कार्यक्रम सरकारले कक्षा ८ सम्म विस्तार गर्ने गरी चालु आर्थिक वर्षदेखि कक्षा ६ सम्म दिने निर्णय गर्दै बजेट बिनियोजन गरेको छ । सोही अनुसार शाखाले साउनदेखि कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरुका लागि दिवा खाजा कार्यक्रम कार्यान्वयनको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय