About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ४ साउन
मोरङको उर्लाबारी–२ बाट निषेधित लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बेलुका साढे ६ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारी र अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका–२ का २० वर्षीय नवीन पुरीको घरबाट उर्लाबारी–३ का रकी धिमाल, उर्लाबारी–२ का उज्वल थापा र सुमित राईसमेत ४ जनालाई पक्राउ गरेको हो ।
निषेधित औषधी ट्रामाडोल ६ सय ४४ क्यापसुल र स्पास्पेन ७ सय २० ट्यावलेटसहित पक्राउ गरेको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । निषेधित औषधी सहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय