
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले गठबन्धन सरकार नालायक भएकोे बताउनुभएको छ । प्रेस चौतारी नेपाल १ नम्बर प्रदेश कमिटिले बिराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बरिष्ठ उपाध्यक्ष पोखरेलले आर्थिक बिकास,सम्वृद्धि,देश बनाउने सपना जागृत गर्ने बिषयहरुमा सरकार नालायक बनेको बताउनुभएको हो । उहाँले राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, अखण्डता, सामाजिक सद्भावका सवालमा सरकार चुकेको बताउनुभयो । बरिष्ठ उपाध्यक्ष पोखरेलले आगामी निर्बाचनमा एमालेले राष्ट्रिय स्तरको गठबन्धन नगर्ने बताउनुभयो । उहाँले भन्नुभयो “राष्ट्रिय स्तरको गठबन्धन बनाउने पक्षमा छैनौ,संभावना पनि छैन ।” उहाँले स्थानीय आवश्यकता अनुसार तालमेल भने हुने प्रष्ट पार्नुभयो । बाम गठबन्धन भनेर प्रीय लाग्ने शब्द प्रयोग गरेर मात्र नहुने नेता पोखरेलको भनाई छ । उहाँले कसैले चाहेर पनि एमालेलाई एक्ल्याउन नसक्ने बताउनुभयो । गठवन्धन गरेर आए एमाले सामना गर्न तयार रहेको नेता पोखरेलले दृढता ब्यक्त गर्नुभयो ।नेता पोखरेलले प्रदेश सरकार हटाउने भन्ने कुरा केटाकेटीको खेल जस्तो कसैले चाहदैमा हटाउने भन्ने कुरा नभएको बताउनुभयो । उहाँले भन्नुभयो “संबिधानका बिषयमा चित्त नबुझे छलफल हुनुपर्यो,सहमति हुनुपरर्यो खुसुक्क हटाएर हटने कुरा हैन ।”



