
निर्मला पौडेल
इटहरी चौकदेखि करिव एककिलोमिटर दक्षिण साथी पेट्रोल पम्म पछाडी पट्टि दक्षिणकाली मन्दिर छ । २०५२ साल मंसिर २० गते स्थापना गरिएको यो मन्दिरमा दलित पूजारी हुनुहुन्छ । दक्षिणकाली मन्दिरमा २६ वर्ष देखि प्रेम कुमार गजमेरले पुजा गर्दै आउनु भएको हो ।उहाँले त्यहि मन्दिरबाट कैयौ जोडी गैहदलितको बिबाह समेत गरिदिनुभएको छ । मन्दिरमा आएका भक्तजन प्रेम कुमार गजमेरका हातबाट टीका, प्रसाद ग्रहण गर्छन र आशीर्वाद थाप्छन ।साउनमा ब्रत लिएर जल चढाउनेहरुको त घुइचो लाग्छ । अहिले सम्म आफूलाई कसैले पनि छुवाछुत र भेदभाब नगरेको पुजारी गजमेरको भनाई छ ।पुजारी गजमेर प्रत्येक दिन बिहानै आएर मन्दिरको सरसफाइ गरेर पूजाआजा गर्नुहुन्छ । मन्दिरमा दर्षन तथा पूजा गर्न आएका तथा भक्तजनलाई टीका लगाएर प्रसाद दिनुहुन्छ । दक्षिणकाली मन्दिरमा परेवा, बोका, कुखुरा, रागाँको बलिदिने गरेको उहाँले बताउनुभयो। मन्दिर आसपासको वस्ति बाट त पूजा आज गर्न आउछननै । भाकल पूरा भएकाहरु टाढा टाढा बाट पनि आउने गरेको गजमेरले जानकारी दिनुभयो ।मन्दिरको संरक्षण तथा संवद्र्धनका लागि भने सञ्चालक समिति, स्थानीय निकायले चासो नदिएको पुजारी गजमेरको गुनासो छ । उहाँले भन्नुभयो नजिकै खोला छ बर्षायामको बेला जुन सुकै बेला पनि बाढी आउन सक्छ त्यसैले मन्दिरमा वाढि पस्न नदिन तटवन्धका लागि स्थानीय निकायले ध्यान दिनुपर्ने उहाँको माग छ । पोहोरसाल मंसीरमा आएको बाढी मन्दिरपरिसरभित्रै पसेको थियो । मन्दिर संरक्षणको लागि कुनै पनि क्षेत्रबाट सहयोग नआएको मन्दिरका अध्यक्ष कृष्ण खडकाले पनि गुनासो गर्नुभयो ।