About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

प्रदेश १ मा कोभिड १९ को संक्रमण दैनिक बढ्दै गएको छ । आज मात्र एकै दिन ७४ जनामा संक्रमण पुष्टि भएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज मोरङमा मात्र ४९ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा विराटनगरका ४४, बुढीगंगाका ४ र उर्लाबारीका १ जना रहेका छन् । विराटनगरमा संक्रमण देखिएका ४४ मध्ये अधिकांश मोरङ कारागारका कैदीबन्दी हुन् ।
यस्तै, झापाको भद्रपुर, विर्तामोड, मेचीनगर र बुद्धशान्तिमा एक÷एक जनामा संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा हाल सक्रिय संक्रमितको संख्या १३५ रहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय