About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १ साउन
उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले कसैको दबाबमा परेर कार्य नगर्ने बताएका छन् । आफू उर्लाबारी नगरबासीको साझा भएकोले कसैलाई काखा र कसैलाई पाखा नगर्ने उनले बताए ।
आज प्याव्सन उर्लाबारीले आयोजना गरेको प्रि स्कुल पाठ्यक्रम सम्बन्धी कार्यशालाको उद्घाटन गर्दै उनले नीति, नियमको परिधिमा रहेर नगरबासीको हितमा कार्य गर्ने बताए । चुनावअघि नेकपा एमालेबाट उम्मेद्वार बनेर विजयी भएपनि अहिले आफू उर्लाबारीबासीको साझा व्यक्ति भएको उनले बताए । उर्लाबारीलाई समृद्ध बनाउन सबैको साथ सहयोग रहेको बताउँदै उनले जनताको विश्वासमा ठेस लाग्न नदिने गरी कार्य गर्ने बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय