About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, ३ साउन
सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछिको प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दै छ । आज दिउँसो चार बजेका लागि बैठक आह्वान गरिएको छ ।
आजको बैठकमा चार वटा कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार राष्ट्रपतिबाट संसद अधिवेशन आह्वावन सम्बन्धि पत्र पढेर सुनाउने, राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद गठन सम्बन्धी पढेर सुनाउने, प्रतिनिधिसभा नियमावली अनुसार अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने र अघिल्लो संसद बैठक देखि हालसम्म निधन भएका १२ जना पूर्व सांसदहरुको सम्झनामा श्रद्धान्जली व्यक्त गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय