About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १ साउन
उर्लाबारीमा प्रि स्कुल पाठ्यक्रम सम्बन्धी कार्यशाला सुरु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) उर्लाबारी नगर समितिको आयोजनामा प्याव्सन आवद्ध विद्यालयका शिक्षकहरु कार्यशालामा सहभागी छन् ।
भृकुटी एकाडेमीमा सञ्चालित कार्यशालाको आइतबार उर्लाबारी नगर प्रमुख गंगाप्रसाद खरेलले उद्घाटन गरे । सो अवसरमा प्रमुख अतिथि रहेका मेयर खरेलले विद्यालयमा नैतिक तथा व्यवहारिक शिक्षा दिनु आवश्यक रहेको बताए । ‘विद्यार्थीलाई अन्य विषयसँगै व्यवहारिक शिक्षा दिनु पर्छ’ उनले भने, ‘निश्चित तह अध्ययन सकेपछि योग्यता प्राप्तसँगै नैतिकवान् र व्यवहारिक पनि बनून् ।’ उर्लाबारीको शिक्षा क्षेत्र सुधारका लागि ध्यान दिने बताउँदै उनले कसैलाई काखा र कसैलाई पाखा नगरी समान व्यवहार गर्ने बताए ।
यस्तै, विशिष्ट अतिथि प्याव्सनका केन्द्रीय सदस्य केदार खनालले शिक्षकहरुका लागि कार्यशाला उपयोगी हुने बताए । कार्यशालामा सीप सिकेर व्यवहारमा उतार्न सहभागी शिक्षकहरुलाई उनले आग्रह गरे । कार्यक्रमका सभापति प्याव्सन उर्लाबारीका अध्यक्ष दिनेश पोख्रेलले उर्लाबारी प्याव्सनले यो वर्षलाई तालिम वर्षका रुपमा लिएको बताए । आगामी दिनमा पनि विभिन्न तालिम प्रदान गर्ने उनले बताए ।
प्याव्सन नगर सचिव कुवेर न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा कुडोस विद्यासदनका प्रिन्सिपल सूर्य पौडेलले सहभागीहरुलाई स्वागत गरेका थिए । तीन दिनसम्म चल्ने कार्यशालामा सिटिएफ नेपाल प्रदेश १ का कार्यक्रम संयोजक निर्मला पौडेल, गुरुप्रसाद खनाललगायतले सहजीकरण गरेका छन् । कार्यशालामा उर्लाबारी प्याव्सनमा आवद्ध १८ विद्यालयका ७३ जना शिक्षक शिक्षिकाको सहभागिता रहेको प्याव्सन नगर अध्यक्ष दिनेश पोख्रेलले जानकारी दिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय