About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १ साउन
उर्लाबारी वडा नं. ३ मा शहरी गाउँघर क्लिनिक स्थापना हुने भएको छ । उर्लाबारी नगरपालिका कार्यपालिकाको आज बसेको बैठकले सो वडामा शहरी गाउँघर क्लिनिक स्थापना गर्ने र दुई जना स्वास्थ्यतर्फका कर्मचारी व्यवस्थापन गर्ने निर्णय गरेको कार्यपालिकाका प्रवक्ता भीष्मराज बुढाथोकीले जानकारी दिए ।
नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकले नगरपालिकामा विगतदेखि करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरुको करार सेवालाई छ महिना थप गरेको छ । यस्तै, उर्लाबारी बजार व्यवस्थापन तथा अनुगमनलाई प्रभावकारी बनाउने, वर्षायाममा लामखुट्टेको टोकाइबाट लाग्ने रोगको रोकथामका लागि औषधी छिट्ने, आमबारी गाउँघर क्लिनिक सञ्चालनका लागि स्वास्थ्यतर्फका एक कर्मचारीको व्यवस्थापन गर्ने, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा सेवा व्यवस्थापनमा सहयोगका लागि एक स्वास्थ्य कर्मचारी व्यवस्थापन गर्ने निर्णय भएको प्रवक्ता बुढाथोकीले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय