
काठमाडौं, २८ असार माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने भएको छ । माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रण कार्यालय अनुसार सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका केन्द्रमा ल्याउन बढी समय लागेकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो ।
यसअघि असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने कार्यालयले बताउँदै आएको थियो ।



