
काठमाडौं ,नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले अहिले देशनै बजेट बिहिनताको अबस्थामा रहेको बताउनुभएको छ । प्रज्ञा भवन कमलादीमा अनेरास्ववियुद्वारा आयोजित ‘नेपालको अर्थतन्त्रको अवस्था, अन्तराष्ट्रिय प्रभाव र यसको समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै उहाँले त्यसो भन्नुभएको हो । उहाँले आव २०७९/८०को बजेट विधि र मान्यतालाई कुल्चिएर ल्याएको हुनाले मान्न नसकिने बताउनु भएको छ । गठबन्धनको सरकारले ल्याएको बजेट र बजेट प्रस्तोता अर्थमन्त्री नै विवादमा परेर छानमिनको दायरामा परेको हुनाले अहिले देश बजेट बिहीनको अवस्थामा रहेको बताउनु भयो । कार्यपत्र प्रस्तोता अर्थशास्त्रीहरुले जतिसुकै राम्रा कार्यपत्रहरु प्रस्तुत गरेर सरकारलाई सुझाव दिए पनि यो परमादेशी गठबन्धनको सरकारले नसुन्ने बताए । कार्यक्रममा अर्का पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले अर्थतन्त्रका समान्य नियमपनि पालना नगरी बजेट ल्याएकोले यो कार्यान्वयन हुन नसक्ने बताउनुभयो । त्यसैगरी कार्यपत्र प्रस्तुत गर्दै अर्थशास्त्री डा. दिलनाथ दंगालले नेपालको संरचनात्मक ढंगलेनै संकटोन्मुख रहेको तथा अर्थतन्त्रमा वित्तिय क्षेत्र, मौद्रिक क्षेत्र, वाह्य क्षेत्र र आर्थिक वृद्धिमा एकै पटक विरलै चाप पर्ने गरेता पनि अर्थतन्त्रमा सरकारको गलत रवैयाका कारणले यो पटक यस्तो देखापरेको बताउनु भयो ।वहाँले अर्थतन्त्र सुधार हुनुको सट्टामा झन संकटोन्मुख हुन थालेकोमा चिन्ताब्यक्त गर्नुभयो । उहाँले नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जाने र नजाने आधारहरु पनि पेश गर्नु भयो । उहाँले संकटोन्मुख अर्थतन्त्रमा सुधारका उपायहरु पनि कार्यक्रममा वहाँले प्रस्तुत गर्नु भयो । कार्यक्रममा योजना आयोगका पूर्व उपाध्यक्षा प्रा. पृथ्वीराज लिगलले सरकारले बोल्ने भन्दा पनि गरेर देखाउनु पर्ने र अर्थतन्त्रका समस्याहरुको समाधान गर्न सबै पक्षलाई समेटेर अगाडी बढ्नु पर्ने बताउनुभयो ।