About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २७ असार
मोरङको उर्लाबारीकी सुष्मा योञ्जन तामाङले उर्लाबारीमा स्थापना गरिएको ‘युवा प्रतिभा प्रस्फुटन प्रोत्साहन अक्षयकोष’ मा १ लाख रुपियाँ सहयोग गरेकी छिन् । उर्लाबारी–६ घर भई हाल युकेमा रहेकी तामाङले अक्षयकोषको भावना र मर्मलाई मन पराएर उक्त रकम सहयोग गरेको अक्षयकोष सञ्चालक समितिका अध्यक्ष रुद्रबहादुर तामाङले जानकारी दिए ।
गत साता कोषको घोषणा गरिएको थियो । घोषणा कार्यक्रमसम्ममा कोषमा करिब ४ लाख रुपियाँ संकलन भएको थियो । आफूहरुको अभियानलाई मन पराएर योञ्जनले सहयोग गरेको भन्दै अध्यक्ष तामाङले आभार प्रकट गरे ।
आर्थिक रुपमा पछाडि भएका जेहेन्दार तथा अनुशासित विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न मार्ग निर्माण गर्ने, विज्ञान, सूचना, प्रविधियुक्त सिर्जनशील जनशक्ति उत्पादन गर्ने उद्देश्यका लागि अक्षयकोष खडा गरिएको हो । यस्तै, किशोरकिशोरीलाई शिक्षाप्रति उत्तरदायी, समाजमा चारित्रिक र नैतिकवान् असल नागरिक बन्न उत्प्रेरित गर्ने, स्वदेश तथा विदेशका विद्यालय, कलेजमा प्रतिस्पर्धी भई देशकै सम्मानित जनशक्ति उत्पादनमा प्रेरणा दिने, जेहेन्दार विद्यार्थीले आर्थिक अभावकै कारण उच्च शिक्षा प्राप्त गर्न बन्चित हुनु नपरोस् भन्ने सन्देश प्रवाह गर्ने, प्राविधिक विज्ञहरु उत्पादन गरी देश विकासमा टेवा पु¥याउने र छरिएर रहेका आर्थिक सहयोगी हातहरुलाई एकत्रित गरी संकलित रकमको कोषमार्फत युवा प्रतिभा प्रस्फुटन गराउन सहयोग गर्ने उद्देश्य रहेको अध्यक्ष तामाङले बताए ।
अक्षयकोषको रकम बैंकमा राखेर त्यसको व्याजमध्ये २५ प्रतिशत सावाँमा हाल्ने र बाँकी ७५ प्रतिशत रकम उर्लाबारी–२ स्थित सुनझोडा माविमा कक्षा ८, ९ र १० मा प्रथम हुने विद्यार्थीलाई वितरण गर्ने जनाइएको छ । उर्लाबारीमा आधा दर्जनभन्दा बढी सामुदायिक माध्यमिक विद्यालय भएपनि सुनझोडा माविमा पढ्ने अधिकांश विद्यार्थी विपन्न परिवारका भएकोले सोही विद्यालय रोजिएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय