About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २७ असार
मोरङको उर्लाबारीका ४० महिलाले ढाका तालिम लिएका छन् । छ महिने आधारभुत तथा एडभान्स तालिमको आज उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेलले निरीक्षण गरेकी छिन् ।
गत माघदेखि सञ्चालन भएको तालिम असार मसान्तमा समापन हुँदैछ । उर्लाबारी नगरपालिकाको विशेष अनुदानमा नगरका ९ वटै वडाका ४० महिलालाई तालिम दिइएको हो । आमा मिलन केन्द्रको हलमा तालिम दिइएको हो ।
अनुगमनका क्रममा नगर उपप्रमुख खतिवडाले तालिममा सिकेको सिपबाट व्यवसायिक बन्न सहभागीहरुलाई आग्रह गरिन् । महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउन नगरपालिकाले विभिन्न कार्यक्रम अघि सारेको उनको भनाई छ । सो अवसरमा उर्लाबारी नगरपालिकाकी निवर्तमान उपप्रमुख लक्ष्मीदेवी भण्डारीको पनि सहभागिता रहेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय