About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २७ असार
निवृत्त राष्ट्रसेवक समाज नेपाल उर्लाबारी नगर समितिको अध्यक्षमा चुडामणि गौतम चयन भएका छन् । आज सम्पन्न समाजको पाँचौँ नगर अधिवेशनले गौतमको अध्यक्षतामा ९ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा जीवप्रसाद कट्टेल, सचिवमा कृष्णप्रसाद खतिवडा, सहसचिवमा बालकृष्ण बास्तोला र कोषाध्यक्षमा शिवराज खनाल रहेका छन् । यस्तै, सदस्यमा उमेश उपाध्याय नेपाल, शान्तादेवी निरौला गड्तौला, शान्ता प्रधान र टंकप्रसाद दाहाल रहेका छन् ।
निवृत्त राष्ट्रसेवक समाज नेपालका संस्थापक अध्यक्ष हरिश्चन्द्र भ्यालको प्रमुख आतिथ्यतामा उर्लाबारी–५ स्थित बौद्ध गुम्बामा भएको अधिवेशनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि भ्यालसहित विशिष्ट अतिथि समाजका केन्द्रीय सहअध्यक्ष जयधर्म आचार्य, प्रदेश १ अध्यक्ष मोहन कार्की, ज्येष्ठ नागरिक एकता समन्वय केन्द्रका केन्द्रीय अध्यक्ष प्रमोद निरौलाले शुभकामना मन्तव्य राखेका थिए । वक्ताहरुले निवृत्तहरुको संगठित आवाज उठाउन संस्था स्थापना भएको र हाल ४० भन्दा बढी जिल्लामा समिति गठन भएको बताए । उनीहरुले निवृत्त राष्ट्रसेवकले पेन्सनसँगै सामाजिक सुरक्षा भत्ताको उमेर पुगेपछि भत्ता पनि पाउनुपर्ने बताए ।


अधिवेशनमा समाजका अध्यक्ष मनप्रसाद भट्टराईले वार्षिक प्रतिवेदन पेश गरेका थिए । उनले उर्लाबारीका ९ वटै वडामा सदस्यता विस्तार गरिएको, मासिक बैठक बस्ने गरेको, समाजका सदस्यहरुको सुख, दुःखमा सहभागी भएको बताए । यस्तै, सचिव मिनबहादुर भताजुले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै ३ लाख ५ हजार ४६१ रुपैयाँ आम्दानी र ६२ हजार ५ सय रुपैयाँ खर्च भएको बताए । आगामी दिनमा सदस्यता विस्तार गर्दै लैजाने साथै अक्षयकोष सञ्चालन गरिने बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय