About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २६ असार
पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमण दर बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लो दिन १०२ जनामा संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३ हजार ४५ जनाको परीक्षणमा १२१ जनामा संक्रमण भएको हो । जसमध्ये १ हजार ७ सय जनाको पीसीआर परीक्षण गर्दा १०४ जना र १ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४७१ पुगेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय