About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इलाम, २६ असार
इलाममा रुखले किचेर एक बृद्धको मृत्यु भएको छ । जिल्लाको माई नगरपालिका–५ धोबिखोला बस्ने ८२ वर्षीय प्रेमबहादुर आङ्दम्बे लिम्बूको रुखले किचेर मृत्यु भएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
आइतबार बिहानको राति २ बजे पानी सँगै आएको हावाहुरीले घर नजिकै रहेको सखुवाको रुख ढल्दा बाँसको टाँटी र टिनको छानो भएको घर किच्दा सोही घरमा सुतिरहेका बृद्ध लिम्बूको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय