About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २ साउन
शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले समान रुपमा मन्त्रालय बाँडफाँट हुनुपर्ने बताएको छ । जसपाले सात मन्त्री र एक राज्यमन्त्री आफ्नो पार्टीले पाउनु पर्ने माग अघि सारेको छ ।
यस्तै, संविधान संशोधन, नागरिकता विधेयक, मधेस आन्दोलनका क्रममा लागेका फिर्ता र कार्यकर्ताको रिहाइको मुद्दालाई सम्बोधन गर्ने प्रतिवद्धता जसपाले खोजेको छ । जसपाका दुई अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर दुई पक्ष अलगअलग गतिविधि गर्दै आएका छन् । यादव पक्षले देउवा नेतृत्वको गठबन्धनलाई सघाउँदै आएको छ भने ठाकुर पक्षले यसअघि केपी ओली नेतृत्वको सरकारलाई साथ दिएको थियो । देउवालाई प्रधानमन्त्री बनाउनु पर्छ भनेर सर्वोच्चमा दर्ता गराइएको रिटमा यादव पक्षका १२ सांसदले हस्ताक्षर गरेका थिए । अहिले सो समूहमा १७ सांसद पुगेका छन् । सांसदहरु प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल, नरमाया ढकाल र रुही नाज मिकरानीले ठाकुर पक्ष छाडेर यादव पक्षमा लागेका छन् ।
जसपाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय आफूले पाउनुपर्ने माग राखेको छ । यस्तै, श्रम, उद्योग, भूमिसुधार, सञ्चार, परराष्ट्र लगायतका मन्त्रालयहरुको समुचित बाँडफाँट हुनुपर्ने उनीहरुको भनाई छ । मन्त्रालय भागवण्डा र सरकारको न्यूनतम साझा कार्यक्रम बनेपछि आफूहरु सरकारमा जाने जसपाका एक सांसदले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय