About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

झापा, २५ असार
पूर्वी तराईमा ‘नाइरोबी फ्लाइ’ नामको किराबाट निस्कने कडा एसिडको संक्रमण बढ्न थालेको छ । झापामा यो किराबाट संक्रमण भएकाहरु उपचारका लागि अस्पताल जाने क्रम बढेको छ ।
‘नाइरोबी फ्लाइ’ बिटल्स प्रजातिको किरा हो । यो वर्षायाममा र पानी धेरै पर्ने ठाउँमा देखिन्छ । यी किरा सुन्तला र कालो रंगका हुन्छन् । यो किराले टोक्दैन, तर छालामा बसेको बेला माडिएको अवस्थामा कडा खालको एसिड छालाभित्र पस्छ । एलर्जी भएर माड्दा छालामा रातो हुने, पोल्ने, फोका आउने हुन्छ ।
कसरी बच्ने ?
– अध्याँरो हुनुअघि झ्याल र ढोका बन्द गर्ने
– सुत्दा झुलको प्रयोग गर्ने
– शरीर ढाक्ने गरी कपडा लगाउने
– बत्ती भएको ठाउँमा राति नहिँड्ने (बत्तिले किरालाई तान्छ)
– छालामा किरा घस्रीरहेको देखे नमाड्ने त्यसको सट्टा उडाउने
– सुत्नुअघि ओछ्यान वरपर सफा गर्ने
– घर र वरपर सरसफाई गर्ने
– किरा बसेपछि छालामा असर देखिए तुरुन्त नजिकको स्वास्थ्य संस्था जाने

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय