About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २५ असार
उर्लाबारी वडा नं. २ को वडा कार्यालय परिसर र सुनपकुवा माध्यमिक विद्यालय परिसरमा शनिबार विभिन्न जातका बिरुवा रोपिएको छ । हरियाली बाल क्लब उर्लाबारी–२ र थ्री जिरो युवा क्लबको संयुक्त आयोजनामा वृक्षरोपण गरिएको हो ।
वडाध्यक्ष राजन कँडेल, वडा सदस्य सीता बुढाथोकी, दुबै क्लबका पदाधिकारीलगायतको उपस्थितिमा बिरुवा रोपिएको हरियाली बाल क्लबका अध्यक्ष सक्षम भण्डारीले जानकारी दिए । नवनिर्मित वडा कार्यालय परिसरमा ७० वटा र सुनपकुवा माध्यमिक विद्यालयमा ३० वटा बिरुवा रोपिएको उनले बताए ।
सेक्टर वन कार्यालय मंगलबारेले बिरुवा उपलब्ध गराएको थियो भने जीवन विकास लघुवित्त वित्तीय संस्थाका हरि शाह र रुद्र कट्वालले पनि वृक्षरोपणमा सहयोग गरेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय