About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

झापा, २५ असार
पूर्वी तराईमा ‘नाइरोबी फ्लाइ’ नामको किराबाट निस्कने कडा एसिडको संक्रमण बढ्न थालेको छ । झापामा यो किराबाट संक्रमण भएकाहरु उपचारका लागि अस्पताल जाने क्रम बढेको छ । दमक अस्पतालमा मात्र दैनिक ५० जनाभन्दा धेरै बिरामी ‘नाइरोबी फ्लाइ’ किराको एसिडका कारण संक्रमण भएर उपचारका लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

के हो नाइरोबी फ्लाई ?
‘नाइरोबी फ्लाइ’ बिटल्स प्रजातिको किरा हो । यो वर्षायाममा र पानी धेरै पर्ने ठाउँमा देखिन्छ । यी किरा सुन्तला र कालो रंगका हुन्छन् । यो किराले टोक्दैन, तर छालामा बसेको बेला माडिएको अवस्थामा कडा खालको एसिड छालाभित्र पस्छ । एलर्जी भएर माड्दा छालामा रातो हुने, पोल्ने, फोका आउने हुन्छ ।
किराबाट निस्कने एसिड शरीरमा बढी फैलियो भने ज्वरो आउने, जोर्नी दुख्ने, बान्ता हुने लगायतका समस्या देखिन्छन् । यसको संक्रमणको लक्षण १२ घण्टादेखि २ दिनसम्म देखा पर्छ र निको हुन १ देखि २ हप्ता लाग्ने चिकित्सकहरु बताउँछन् ।
जोगिन के गर्ने ?
चिकित्सकहरुका अनुसार यो किरा उज्यालोमा बढी आकर्षित हुन्छन् । यसबाट जोगिन झ्यालमा जाली लगाउने, ओछ्यानमा झुलको प्रयोग गर्ने, लामो बाहुला भएका लुगा लगाउने गर्नु पर्दछ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय