
काठमाडौं, २४ असार
भोलि असार २५ गते शनिबार सार्वजनिक विदा भएपनि प्रदेश र स्थानीय तहको निकासा भुक्तानी हुने भएको छ । महालेखा नियन्त्रक कार्यालयले आज एक सूचना निकाल्दै आर्थिक वर्ष २०७८।०७९ को वार्षिक खाताबन्दीका क्रममा प्रदेश तथा स्थानीय तहमा सञ्चालित प्रणालीहरु असार २५ गते राति १२ बजेटबाट बन्द हुने तर उक्त अन्तिम दिन सार्वजनिक विदा भएतापनि असार २५ गते निकासा भुक्तानीको व्यवस्था मिलाउनुहुन भनेको छ ।
कार्यालयले असार २५ गते राति १२ बजेदेखि प्रदेश र स्थानीय तहमा सञ्चालित प्रणालीहरु बन्द हुने उल्लेख गरेको छ । महालेखाले कोष तथा लेखा नियन्त्रक कार्यालयहरु, प्रदेश र स्थानीय तहस्तरका कार्यालयलाई पत्र लेख्दै शनिबारसमेत भुक्तानी गर्न भनेको हो ।