About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २४ असार
प्रदेश नं. १ को नामकरणका लागि सहमति जुटाउन आज बसेको सर्वदलीय बैठक निष्कर्षमा नपुगी टुंगिएको छ । मुख्यमन्त्रीको कार्यालयमा बसेको बैठकमा प्रदेशको नामकरणका विषयमा छलफल भएपनि कुनै निष्कर्ष ननिस्किएको हो ।
बैठकमा मुख्यमन्त्री राजेन्द्र राई, नेपाली काँग्रेसका राजीव कोइराला र सूयर्माराज राई, नेकपा एमालेका भीम आचार्य र हिक्मत कार्की, नेकपा माओवादी केन्द्रका ईन्द्रबहादुर आङ्बो, जसपाका जयराम यादव, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णुमाया तुम्बाहाम्फे सहभागी थिए ।
दलहरु प्रदेशसभाको यही अधिवेशनबाट नामको टुंगो लगाउन सहमत भएपनि नामका नामका बारेमा भने दलहरुबिच मतभिन्नता कायमै रहेको छ । प्रदेशको नामबारे कोशी, सगरमाथा, किराँत, विराट, विजयपुर, कञ्चनजंघा लगायतमाथि चर्चा भइरहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय