About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २३ असार
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत उर्लाबारीमा सञ्चालित कार्यक्रमको उपप्रमुख मीना खतिवडा पौडेलसहितको टोलीले अनुगमन गरेको छ । वडा नं. १ को नुनसरी आधारभुत विद्यालय, वडा नं. २ को सरस्वती माध्यमिक विद्यालय, वडा नं. ३ को दुर्गा माध्यमिक विद्यालय र वडा नं. ४ को सृजना आधारभुत विद्यालयमा आइसीटी ल्याब व्यवस्थापनको काम भएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आइसीटी ल्याब व्यवस्थापनका लागि यस वर्ष उर्लाबारीका यी चार विद्यालयलाई प्रतिविद्यालय ६ लाख ५० हजार रुपैयाँ विनियोजन भएको थियो । यस्तै, वडा नं. १ को शारदा माध्यमिक विद्यालय, वडा नं. २ को शान्ति आधारभूत विद्यालय र वडा नं. ८ को लक्ष्मी माध्यमिक विद्यालयमा चार कोठे भवनका लागि प्रतिविद्यालय ३६ लाख तथा वडा नं. ९ को सार्वजनिक माविमा दुई कोठे भवन निर्माणका लागि १८ लाख रुपैयाँ प्राप्त भएको थियो ।
आज आइसीटी ल्याबको अनुगमन गर्दै उपप्रमुख पौडेलले सबै मिलेर सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्नु पर्ने बताइन् । उर्लाबारी नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता दिएर अघि बढेको बताउँदै उनले विद्यालयहरु प्रविधिसँग अपडेट हुँदै जानुपर्ने बताइन् । अनुगमनमा कार्यपालिका सदस्य कृष्ण बर्देवा, नगरपालिकाका सूचना प्रविधि अधिकृत रोशन ठाकुरलगायतको सहभागिता रहेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय