About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

जनकपुर, २ साउन
नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन प्रदेश २ का दुई मन्त्रीलाई राजीनामा गर्न लगाइएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले राजीनामा दिएका छन् ।
सत्तारुढ जसपा अध्यक्ष उपेन्द्र यादवले दुवैजनालाई राजीनामा गर्न लगाएका हुन् । दुवै मन्त्रीले मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा पत्र बुझाइसकेको स्रोतले जनाएको छ । खाली भएको मन्त्रालय माओवादी केन्द्रले पाउने भएका छन् । माओवादी संसदीय दलका नेता भरत साह मन्त्री र सांसद रुबी कर्ण राज्यमन्त्री बन्दैछन् । आजै दिउँसो ३ बजे शपथ ग्रहणको समय तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय