About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २२ असार
उर्लाबारी नगरपालिकाले पञ्जीकरण (व्यक्तिगत घटना दर्ता) तथा सामाजिक सुरक्षासम्बन्धी अभिमुखी कार्यक्रम सञ्चालन गरेको छ । नगर प्रमुख, उपप्रमुखसहित वडाध्यक्ष, कार्यपालिका सदस्य, बैंकका प्रतिनिधि तथा वडा सचिवहरूलाई सामाजिक सुरक्षा भत्ता सम्बन्धी जानकारी दिने उद्देश्यले बुधबार नगरपालिकाको सभाहलमा कार्यक्रम गरिएको हो ।
नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा उर्लाबारीमा हाल भइरहेको पञ्जीकरण र सामाजिक सुरक्षा वितरणको अवस्थाको बारेमा जानकारी दिइएको प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताए ।
उर्लाबारीमा हाल ५ हजार ७ सय ९१ जनाले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् । बैंकिङ प्रणालीबाट ८ वटा बैंकबाट भत्ता वितरण हुँदै आएको छ । वडा नं. १ को प्रभु बैंक, वडा नं २ र ३ को प्राइम कमर्सियल बैंक, वडा नं. ४ को मितेरी विकास बैंक, वडा नं. ५ को मुक्तिनाथ विकास बैंक, वडा नं. ६ को कुमारी बैंक, वडा नं. ७ को एनएमबि बैंक, वडा नं. ८ को एनआइसी एसिया बैंक र वडा नं. ९ को सप्तकोशी डेभलपमेन्ट बैंकबाट सामाजिक सुरक्षा भत्ता बितरण भइरहेको पञ्जीकरण शाखाकी कविता ढुंगानाले जानकारी दिइन् ।
सरकारले ज्येष्ठ नागरिक (७० वर्ष उमेर पुगेका) लाई मासिक ४ हजार, एकल÷विधवा महिलालाई मासिक २ हजार ६६०, पूर्ण अपाङ्गता भएका ब्यक्तिलाई मासिक ३ हजार ९९०, अति अशक्त अपाङ्गता भएकालाई मासिक २ हजार १२८, लोपोन्मुख आदिवासी जनजातिलाई मासिक ३ हजार ९९०, बालबालिकालाई मासिक ५ सय ३२ रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय