About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २२ असार
अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने भएका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि उक्त मन्त्रालय प्रधानमन्त्री स्वयम्ले सम्हाल्ने भएका हुन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका थिए । त्यसपछि अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवाले आफैंसँग राखेका हुन् । बुधबार साँझ राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले अर्थ मन्त्रालयको जिम्मेवारी आफैं मातहत राखेको जानकारी दिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय