
काठमाडौं, २१ असार
निर्वाचन आयोगले सरकार समक्ष प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको मिति प्रस्ताव गर्ने भएको छ । भोलि (बुधबार) प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर मिति प्रस्ताव गर्ने तयारी आयोगले गरेको छ ।
आयोगले तीनवटा मिति प्रस्ताव गर्ने तयारी गरेको छ । कार्तिक ३०, मंसिर २ र मंसिर ५ गतेमध्ये एक मिति प्रस्ताव गर्ने तयारी गरिएको आयोग स्रोतले जनाएको छ । निर्वाचन खर्च कम हुने भएकोले एकै चरणमा चुनाव गर्नुपर्ने सुझाव दिने भएको छ ।