About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २१ असार
नेपाली साहित्य समाज उर्लाबारीले ‘दूबो’ बाल सिर्जना विशेषाङ्क प्रकाशन गरेको छ । लामो समयदेखि प्रकाशन हुन नसकेको दूबो पुनः प्रकाशन सुरु भएको हो । यस पटक उर्लाबारीका विभिन्न विद्यालयमा अध्ययरत बालबालिकाका सिर्जना समेटेर दूबो प्रकाशन गरिएको छ ।
आज एक कार्यक्रमका बिच उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले दूबो बाल सिर्जना विशेषाङ्कको विमोचन गरे । राधिका मावि उर्लाबारी–६ को सभाहलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख खरेलले बालबालिकाका सिर्जनालाई समेटर साहित्य समाजले पुस्तक प्रकाशन गरेकोमा धन्यवाद ज्ञापन गरे । आजका बालबालिका भोलिका कर्णधार भएको बताउँदै उनले बालबालिकालाई सानैदेखि असल संस्कार सिकाउँदै जाने हो भने भविष्यमा असल नागरिक बन्ने बताए । समृद्ध उर्लाबारी बनाउन सर्वप्रथम शिक्षा र स्वास्थ्य क्षेत्रको विकास आवश्यक भएकोले यसतर्फ नगरपालिकाले ध्यान दिने उनले बताए ।


कार्यक्रममा समाजसेवी जयधर्म आचार्य, राधिका मावि उर्लाबारी–७ का प्रधानाध्यापक सुवास सापकोटाले शुभकामना मन्तव्य राखेका थिए । नेपाली साहित्य समाजका अध्यक्ष यज्ञ परिश्रमीको सभापतित्वमा भएको कार्यक्रममा समाजकी सदस्य भद्रमाया निरौलाको स्वागत मन्तव्य र सचिव युवराज काफ्लेको सञ्चालन रहेको थियो ।
उर्लाबारी नगरपालिकाको सहयोगमा प्रकाशन भएको दूबो बाल सिर्जना विशेषाङ्कमा उर्लाबारीका विभिन्न विद्यालयमा अध्ययनरत १ सय ९ विद्यार्थीका रचना समावेश गरिएको छ । यस्तै, साहित्यकार मिश्र वैजयन्तीको ‘नेपाली बालसाहित्यको चिनारी र प्रदेश नं. १ मा बालसाहित्यको अवस्था’ शीर्षकको खोजमूलक लेख प्रकाशित छ । साथै, नेपाली साहित्य समाजमा आवद्ध ९ साहित्यकारका रचना पनि समावेश गरिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय