About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २१ असार
उर्लाबारीको गोदावरी हस्पिटलले पहिलो पटक मृगौलामा भएको पत्थरीको सफल शल्यक्रिया गरेको छ । हस्पिटलले मोरङ पथरीशनिश्चरेकी १७ वर्षीया लक्ष्मीदेवी घिमिरेको ८ दशमलव ५ एमएमको पत्थरीको शल्यक्रिया गरिएको जनाएको छ ।
अस्पतालका युरोलोजी सर्जन इकबाल अहमद, सर्जन प्रमोद गुरुङ र एमडी एनेस्थोलोजिस्ट रवीन्द्र साहको समूहले दुरबिन प्रविधिबाट बिना चिरफार जटिल पत्थरीको अप्रेसन सफल गरेको जनाइएको छ । मोरङमा विराटनगरबाहिर सम्भवतः पहिलो पटक यस्तो जटिल शल्यक्रिया सफलतापूर्वक गोदावरी हस्पिटलमा भएको बजार व्यवस्थापक प्रकाश चौहानले जानकारी दिए । उर्लाबारीमै जटिल पत्थरीको शल्यक्रिया भएपछि किशोरीका अभिभावकले खुसी व्यक्त गरेका छन् । गोदावरी हस्पिटलमा पित्तथैलीको पत्थरीको शल्यक्रिया भने यसअघि नै हुँदै आएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय