About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २० असार
उर्लाबारीमा लागु औषधविरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । उर्लाबारी युवा क्लबको आयोजनामा आज उर्लाबारी–७ स्थित जीवन बचाउ उपचार सेवा गृहमा कार्यक्रम गरिएको हो ।
उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको उद्घाटन सत्रका वक्ताहरुले लागुऔषध विरुद्धको अभियान वडा तथा टोलटोलमा सञ्चालन गर्नुपर्ने बताए । विशेषगरी युवा वर्ग लागुऔषधको कुलतमा फसेकाले यसको रोकथाममा सबै पक्षको उत्तिकै भूमिका रहनुपर्ने उनीहरुको भनाई थियो ।
नगर प्रमुख गंगाप्रसाद खरेलले लागुऔषध प्रयोग रोकथामका लागि नगरपालिकाले सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढ्ने बताए । परिवार र समाजको बेवास्ताका कारण कुलतमा लाग्ने ब्यक्तिहरूको संख्या बढ्दै गएको बताउँदै उनले लागुऔषध विरुद्धको जनचेतनामूलक कार्यक्रम टोलटोलमा गर्न आवश्यक देखिएकोले कार्यक्रम सञ्चालनका निम्ति नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
सो अवसरमा उर्लाबारी– ५ का वडाध्यक्ष रविन लामा, वडा नं. ७ का वडाध्यक्ष उर्मिला थापा, उर्लाबारी उद्योग उद्योग वाणिज्य संघका महासचिव हेमराज गुरूङ, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापा, संघीय लिम्बुवान मञ्चकी केन्द्रीय अर्थसचिव दिलु लिङ्देन लावतीले मन्तब्य राखेका थिए ।
कार्यक्रममा सामाजिक अभियन्ता रूद्रबहादुर तामाङ, उर्लाबारी नगरपालिकाका कानुनी सल्लाहकार इन्द्र लुइँटेल र जीवन बचाउ उपचार सेवा गृहका पूर्व अध्यक्ष सागर राईले सहजीकरण गरेका थिए । प्रदेश नम्बर १ का समाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फेको सहयोगमा आयोजित कार्यक्रम उर्लाबारी युवा क्लबका अध्यक्ष पवन थापाको अध्यक्षतामा भएको थियो । कार्यक्रम संयोजक बरूण लाबुङले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन संस्थापक सचिव घनश्याम भण्डारीले गरेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय