
विराटनगर, २० असार
प्रदेश १ मा रिक्त सांसदमा धनकुटाकी हिमा बस्नेत भट्टराई नियुक्त भएकी छिन् । नेकपा एमालेको समानुपातिक कोटाबाट सांसद बनेकी गुलेफुन खातुन सरकारी कागजात र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएपछि उनले राजीनामा दिएकी थिइन् ।
उनको राजीनामा स्वीकृत भएपछि बस्नेत प्रदेश सांसदमा नियुक्त भएकी हुन् । उनलाई निर्वाचन आयोगले सोमबार समानुपातिक सांसद नियुक्त भएको पत्र दिएको छ ।