About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १ साउन
एनआरएनए हङकङले उर्लाबारी–८ स्थित राजघाट स्वास्थ्य चौकीमा रहेको कोरोना उपचार केन्द्रका लागि दुई थान अक्सिजन कन्सल्ट्रेटर प्रदान गरेको छ । कोरोना संक्रमितको उपचार सहजताका लागि हङकङमा रहेकी उर्लाबारी–६ की अनु राईको विशेष पहलमा दुई लाख बढी मूल्य पर्ने उक्त सामग्री प्रदान गरिएको हो ।
कोरोना विरामीका लागि अक्सिजन उत्पादन गर्ने उक्त सामग्री प्राप्त भएपछि संक्रमितको उपचारमा थप सहजता हुने उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले बताए । उनले सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गरे । हस्तान्तरण कार्यक्रममा उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गी, पूर्व बरिष्ठ उपाध्यक्ष तारमान सेरेङ लिम्बू, रेडक्रस उर्लाबारीका अध्यक्ष मदनबाबु प्रसाई, सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेतलगायतको उपस्थिति रहेको थियो ।
राजघाट स्वास्थ्य चौकीमा रहेको कोभिड उपचार केन्द्रमा हालसम्म ६५ जनाको उपचार गरिएको चौकीका इञ्चार्ज सन्दिप नेयोङले बताए । यसैबीच, राजघाट स्वास्थ्य चौकीमा शुक्रबार १२ जनाको एन्टिजेन परीक्षणमा १२ जनाकै रिपोर्ट पोजेटिभ आएको छ । नगर प्रमुख फागोले संक्रमण बढ्दै गएकोले सतर्कता अपनाउन नगरवासीलाई आग्रह गरेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय